बिग ब्यास लिग: मेलबर्न स्टारको दोस्रो खेल आज,सन्दीपले पाउलान त खेल्न ?
बिग ब्यास लिग: मेलबर्न स्टारको दोस्रो खेल आज,सन्दीपले पाउलान त खेल्न ?
६ मङ्सिर २०७६ एजेन्सी: नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने रहेका मेलबर्न स्टारको खेलको दोस्रो खेल आज रहेको छ । आजको खेल नेपाली समय अनुसार ९:३० बेजे देखि सुरु हुने छ । सन्दिपको टोलि मेलबर्न स्टार गत बर्षको उपविजेता टोलि हो । मेलबर्न स्टार आज दोस्रो खेलमा होबर्ट हुरीकेन्ससँग खेल्दै छ । पहिलो खेलमा चार ओभरमा ३८ रन दिएर एक विकेट लिएका सन्दिप केहि महंगो साबित भएका थिए ।
मेलबर्न स्टार्स टिम :- ग्लेन म्याक्सवेल ( कप्तान ) पिटर ह्यान्ड्सकम्ब , बेन डंक, मार्कस स्टोइनिस, निक लार्किन, निक म्याड़ीसन, नाथन कोल्टर नाइल, एडम जाम्पा, हरिफ रौफ, सन्दिप लामिछाने, ड्यानीयल वोरल, हिल्टन कार्टराइट, क्लिन्ट हिंचलिफ।
बिग ब्यास लिगमा एडलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्करचर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर्स गरि कुल ८ टिम सहभागी रहेका छन्।