क्रिकेटखेलकुद

पोखरा प्रिमियर लिग फाइनल: पारसको चितवन कि एरीको विराटनगर

पोखरा प्रिमियर लिग फाइनल: पारसको चितवन कि एरीको विराटनगर

११ पौष २०७६ काठमाडौँ: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगको फाईनल खेल भोलि शनिबार हुँदै छ । राष्ट्रिय टिमका पुर्व कप्तान र विराटनगरको नँया कप्तान प्रदीप एरीको टोलिबिच भोलि फाईनल खेल हुँदै छ ।

पारस खड्काको कप्तानीमा रहेको चितवन लिग चरणको सबै ५ खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको टोलि हो । चितवन गत सिजन पनि फाइनलिस्ट टिम पनि हो जसलाई पोखरा पल्टनले पराजित गर्दै उपाधि हात परेको थियो । विराटनगर टाइटन्स भने प्ले अफमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

पोखरा प्रिमियर लिगको विजेता टोलीलाई २७ लाख नगद पुरस्कार र उप-विजेता टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषण गरेको थियो।प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन्।यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो ।

विराटनगरको टोलीमा प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम रहेका छन् । विदेशी खेलाडीको रुपमा पुनित मेहरा भामोहम्मद जैद आलम ,अफ्ताबुद्दीन एहमद खेलाडी हुन् |

चितवन राइनोजको टोलीको कुरा गर्दा पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल रहेका छन् । विदेशी खेलाडीहरुको रुपमा भारतका सन्नी पटेल, बाबर हायत र युएइका रोहन मुस्तफा रहेका छन् ।