मेस्सीको ५० गोल पुरा, बार्सिलोना ४-१ ले विजयी
मेस्सीको ५० गोल पुरा, बार्सिलोना ४-१ ले विजयी
6 मङ्सिर २०७६ एजेन्सी: बार्सिलोनाको कप्तान मेस्सीले ५० गोल पुरा गरेका छन् । गए राति भएको अलाभेसविरुद्ध खेलमा मेस्सीले गोल गर्दै उक्त सफलता हात परेका हुन् । गए राति भएको अलाभेसविरुद्ध खेलमा बार्सिलोना ४-१ को जित दर्ता गरेको थियो ।
बार्सिलोनालाइ जित दिलाउन एन्टोनियो ग्रीजम्यान, अर्टुरो भिदाल, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे । मेस्सीले ५० गोल मध्य ३४ गोल ला लिगाबाट च्याम्पियन्स लिगबात ८ गोल र कोपा डेल रे मा तीन गोल गरेका थिए । अर्जेन्टिनाबाट यस वर्ष १० खेल खेल्दै उनले ५ गोल गरे ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ३९ अंक जोडेको छ भने लिगमा बार्सिलोनाले तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको रियल मड्रिडको ३६ अंक रहेको छ ।