क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: गर वा मरको अवस्थामा ज्ञानेन्द्रको टिम

पिपिएल क्रिकेट: गर वा मरको अवस्थामा ज्ञयानेन्द्रको टिम

२ पौष २०७६ काठमाडौँ: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज दुई खेल हुँदै छ । पहिलो खेल धनगढी र काठमाडौं गोल्डेन्सबिच हुने छ । यो खेल ९ बजे देखि सुरु हुँदै छ । आजको खेलमा ज्ञानेन्द्रको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सको टोली गर वा मोरको अवस्थामा रहेको छन् ।सुरुवाती दुई खेलहारेको गोल्डेन्सको टोली गर वा मोरको अवस्थामा रहेको छ । अन्तिम तिनमा जान आजको खेल जित्नै पर्ने छ ।पहिलो खेलमा काठमाडौँ ९ विकेट र दोस्रो खेल बुटवलसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । धनगढीको टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी गरेका छन् । पहिलो खेलमा ५ रनले विराटनगरको टोलीलाइ पराजित गर्ने सफल भएको थियो ।

काठमाडौं गोल्डेन्सको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई । विदेशी खेलाडी: गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी तीनै जना भारतीय मुलका खेलाडी हुन् ।

धनगढीको टोली दीपेन्द्र सिंह ऐरी कप्तानी रहने छ । ऐरी कप्तानीमा मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल । विदेशी खेलाडीरुपमा भारतीय खेलाडी अमित यादव रहेका छन् भने श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस क्यानाडा बाट खेल्ने गर्छन् ।

धनगढी ब्लुज –
रिटेनज खेलाडी – सुनम गौतम ( ५०,००० ) , अनिल खरेल (५०,००० )
रिलिज खेलाडी – दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्की

काठमाडौँ गोल्डेन वारियर्स
रिटेनज खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी

दोस्रो खेल : विराटनगर vs पोखरा पल्टन
दोस्रो खेल विराटनगर र पोखरा पल्टनबिच हुँदै छ । दोस्रो खेल १ बजे देखि सुरु हुँदै छ ।

विराटनगरको टोलीमा प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम रहेका छन् । विदेशी खेलाडीको रुपमा पुनित मेहरा भारतीय मुलका खेलाडी हुन् भने मोहम्मद जैद आलम र नोमन खान रहेका छन् ।

पोखरा पल्टनको टोलीमा कप्तानको भूमिकामा शरद भेषावकर रहेका छन् । उनको कप्तानी रहेको तोलिलमा रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकश चन्द र अनिल गुरुङलाई समावेस गरिएको छ । विदेशी खेलाडीको रुपमा रविइन्दर सिंह, पराग खानपुकार र प्रथमेस डाके रहेका छन् ।

बिराटनगर टाईटन्स
रिटेनज खेलाडी – दिलिप नाथ ( ७५,००० ) , लोकेश बम ( ५०,००० )
रिलिज खेलाडी – जितेन्द्र सिंह ठकुरी, रोबिन जोशी , हिमांशु दत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *