विश्व क्रिकेट ईतिहासमा नेपालले बनाएको यी ४ दुर्लभ क्रीर्तिमान
विश्व क्रिकेट ईतिहासमा नेपालले बनाएको यी ४ दुर्लभ क्रीर्तिमान
१. मेहबुब आलमको १० विकेट
मेहबुब आलम नेपाली राष्ट्रिय टिमका अलराउनदर हुन् । मेहबुब आलम बायाँ हाते बलर र बायाँ हाते ब्याटम्यान हुन् । मेहबुब आलमले २००८ आईसीसी वर्ल्ड क्रिकेट लिगको डिभिजन ५ को खेलमा मोजाम्बिक विरुद्धको खेलमा ७.५ ओभरमा १२ रन दिदै १० विकेट लिएर गिनिज वर्ल्ड नाम लेखाउन सफल भएका थिए । २३८ रन्को लक्ष्य दिएको नेपालले मोजाम्बिकलाई १९ रनमै अलआउट गरेको थियो । अहिलेसम्म भारतका अनिल कुबले र जिम लेकरले मात्र टेस्ट क्रिकेटमा मात्र १० विकेट लिन सफल भएका छन् ।
२ . सन्दिप लामिछाने सबै भन्दा धेरै विदेशी फ्रेन्चाइझ लिग खेल्ने खेलाडी
नेपाली लेग स्पिनर सन्दिप लामिछाने एक वर्षामा भित्रमा सब भन्दा धेरै देश गएर टी-२० लिग खेल्ने खेलाडीको बनेका छन् । सन् २०१८ अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म सर्वाधिक देश गएर लिग खेल्ने खेलाडी बन्न पुगेका छन् । द क्रिकेट मन्थ्ली’ नामकको अन्तर्राष्ट्रिय म्याग्जीनले गरेको ‘सर्वेक्षण अनुसार लेग स्पिनर सन्दिप लामिछाने ८ ओटा देश गएर टी-२० लिग खेलेका छन् ।नेपाली लेग स्पिनर सन्दिप लामिछानेसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जर्दानको नाम पनि रहेको छ ।सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पिएसएल खेलेका छन् ।
३. २ बलमै जित दर्ता
हजुरहरुलाइ सुन्दा आश्चर्य लाग्न सक्छ होला । नेपाले ५० ओभरमा खेलमा २ बलमै जित दर्ता गरेको थियो । सन् २००६ मा नेपालले यो कीर्तिमान म्यानमारविरुद्ध बनाएको हो । मलेसियामा भएको एसीसी ट्रफिमा नेपालले यो कीर्तिमान बनाएको हो । ५० ओभरको खेलमा ११ रनको लक्ष्य पाएको नेपालले २ बलमै जित दर्ता गर्न सफल भएको हो । उक्त खेलमा मेहबुब आलम ले ७ तथा विनोद भण्डारीले ३ विकेट लिन सफल भएका थिए ।
४. अञ्जलि चन्दको ६ विकेट:
२०१९मा नेपालमा सम्पन्न भएको साग खेलमा अञ्जलि चन्दले नँया विश्वकीर्तिमान बनाईकि छिन्। नेपाली महिला क्रिकेटकी अलराउडर अञ्जलि चन्दले अन्तरास्ट्रिय महिला टि20 खेलमा २.१ ओभरमा ० रन ६ विकेट लिदै विश्व कीर्तिमान बनाउन सफल भएकी छन् । १३ औं सागमा नेपालली महिला क्रिकेट कास्य पदक जित्न सफल भएको थियो ।