क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: पोखरा पल्टन र चितवन रइनोजको टोलिको सम्पूर्ण जानकारी

पिपिएल क्रिकेट: पोखरा पल्टन र चितवन रइनोजको टोलिको सम्पूर्ण जानकारी

१ पौष २०७६ काठमाडौँ: दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज एक खेल मात्रै हुँदै छ । आज हुने खेलमा घरेलु टोलि पोखरा पल्टन र चितवन रइनोजबिच प्रतिस्पर्धा हुन् लागेको हो| पोखरा साबिक विजेता हो भने चितवन रइनोज उपविजेता हो । पोखरा पल्टन लगातार दोस्रो जितको खोजिमा हुँदा चितवनले पहिलो खेलमा जित हात पार्दै सुखद् शुरुआत गर्ने तयारीमा हुने छ । पोखरा पल्टन र चितवन रइनोजबिचको ११:३० बजे देखि सुरु हुने छ ।

पोखरा पल्टनको टोलीमा कप्तानको भूमिकामा शरद भेषावकर रहेका छन् । उनको कप्तानी रहेको टोलिलमा रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकश चन्द र अनिल गुरुङलाई समावेस गरिएको छ । विदेशी खेलाडीको रुपमा रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके रहेका छन् ।

चितवन राइनोजको टोलीको कुरा गर्दा पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुषाल रहेका छन् । विदेशी खेलाडीहरुको रुपमा भारतका सन्नी पटेल, बाबर हायत र युएइका रोहन मुस्तफा रहेका छन् ।

पोखरा पल्टन रिटेनज खेलाडी- आकाश चन्द ( ५०,००० ) कुशल मल्ल ( १,५०,००० )
रिलिज खेलाडी -दिपेश खत्री ,बिक्रम भुसाल र दिभ्याँशु मलिक

चितवन राइनोज –
रिटेन खेलाडी – बिक्रम सोब ( १,३०,००० ) , बिक्रम भुसाल ( ५०,००० )
रिलिज खेलाडी – शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापा