पिपिएल क्रिकेट: ‘गर वा मर’को अवस्थामा विराटनगर टाईटन्स
पिपिएल क्रिकेट: ‘गर वा मर’को अवस्थामा विराटनगर टाईटन्स
९ पौष २०७६ काठमाडौँ : दोस्रो संस्करण अन्तर्गत नमस्ते पोखरा प्रीमीयर लिगमा आज एकमात्र खेल हुँदै छ । आजको खेल वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच हुँदै छ। यो खेल ११:३० बजे देखि सुरु हुँदै छ । प्रदीप ऐरीको कप्तानीमा रहेको आजको खेल विराटनगरको टोली गर वा मरको अवस्थामा रहेको छन् । विराटनगरको टोली गर वा मोरको अवस्थामा रहेको छ किन भने अन्तिम तिनमा जान आजको खेल जित्नै पर्ने छ।
चार खेलमा ४ अंक जोडेको विराटनगर अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।प्लअफमा स्थान पक्का आज विराटनगरले वुटवल ब्लास्टर्सलाइ ठुलो अन्तरले पराजित गर्नु पर्ने छ।पोखरा प्रिमियर लिगको विजेता टोलीलाई २७ लाख नगद पुरस्कार र उप-विजेता टोलीलाई १० लाख नगद पुरस्कार दिने घोषण गरेको थियो।
प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन्।यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो ।
बुटवलको टोलीमा सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री रहेका छन् भने विदेशी खेलाडीको रुपमा अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क यी तीनै जना भारतीय खेलाडी हुन् ।
विराटनगरको टोलीमा प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम रहेका छन् । विदेशी खेलाडीको रुपमा पुनित मेहरा भामोहम्मद जैद आलम ,अफ्ताबुद्दीन एहमद खेलाडी हुन् |
