खेलकुदफुटबल

एल क्लासिको: बार्सिलोना बिरुद्ध रियल मड्रिड खेलमा ८ खेलाडी पाए कार्ड

एल क्लासिको: बार्सिलोना बिरुद्ध रियल मड्रिड खेलमा ८ खेलाडी पाए कार्ड

३ पौष २०७६ एजेन्सी: सिजनको पहिलो एल क्यासिको खेल गोलरहित बराबरीमा सकिएको छ । गए राती सम्पन्न भएको खेलमा बार्सिलोना र रियल मड्रिडले गोलरहित बराबरी खेल खेलेका छन् । गोल अन्तरको आधारमा बार्सिलोना शिर्ष स्थानमा छ भने रियल मड्रिड दोस्रो स्थानमा छ । बार्सिलोना र रियल मड्रिडको सामान ३६ -३६ अंक रहेको छ ।

निकै नै प्रतिसपर्धात्मक खेलमा बार्सिलोना र रियल मड्रिडले गोलको अवसर खेर फलेका थिए । गए राति सम्पन्न खेलमा बार्सिलोना ३ तथा रियल मड्रिडका ५ खेलाडीले पहेलो कार्ड पाएका थिए । बार्सिलोनाका इभाँ राकिटिक, लुइस सुवारेज र क्लेमेन्ट लेंगलेटले कार्ड खाएका हुन् ।

रियालका लागि क्यासेमिरो, ग्यारेथ बेल, इस्को, डानि कार्भाजल र सर्जियो रामोसले कार्ड खाएका थिए । गत महिना हुने पर्ने खेल क्याटलोनिया स्वतन्त्रतालाई लिएर ९ जना नेताहरुलाई जेल हालेपछि खेल स्थगित भएको थियो ।