क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: ३७ बलमै ज्ञानेन्द्र मल्लको शतक

पिपिएल क्रिकेट: ३७ बलमै ज्ञानेन्द्र मल्लको शतक

२ पौष २०७६ काठमाडौँ: नेपाली टिमका कप्तान नेन्द्र मल्लले ३७ बलमै शतक प्रहार गरेका छन् । कप्तान ज्ञानेन्द्र मल्ल पोखरा प्रीमीयर लिगमा शतक हाने पहिलो खेलाडी बन्न सफल भएका छन् । काठमाडौं गोल्डेन्स टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल ३७ बलमा शतक प्रहार गरेका छन् । शतक प्रहार गर्ने क्रममा ज्ञानेन्द्र मल्लले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरेका छन् ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाउन सफल भयो ।काठमाडौं गोल्डेन्स यो भन्दा अगाडी २ खेलमा पराजित हुन् पुगेको थियो ।

काठमाडौं गोल्डेन्सको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई । विदेशी खेलाडी: गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी तीनै जना भारतीय मुलका खेलाडी हुन् ।

धनगढीको टोली दीपेन्द्र सिंह ऐरी कप्तानी रहने छ । ऐरी कप्तानीमा मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल । विदेशी खेलाडीरुपमा भारतीय खेलाडी अमित यादव रहेका छन् भने श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस क्यानाडा बाट खेल्ने गर्छन् ।

धनगढी ब्लुज –
रिटेनज खेलाडी – सुनम गौतम ( ५०,००० ) , अनिल खरेल (५०,००० )
रिलिज खेलाडी – दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्की

काठमाडौँ गोल्डेन वारियर्स
रिटेनज खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी