महिला भलिबल: सरस्वती चौधरी माल्दिभ्स लिगमा आबद्ध
महिला भलिबल: सरस्वती चौधरी माल्दिभ्स लिगमा आबद्ध
२९ मङ्सिर २०७६ काठमाडौँ: महिला भलिबल टोलीकी महत्पूर्ण सदस्य सरस्वती चौधरी माल्दिभ्स लिगमा आबद्ध भएकी छिन् । नेपाली राष्ट्रिय महिला टिमकी महत्पूर्ण सदस्य रहेकी सरस्वती चौधरी माल्दिभ्सको भलिबल लिगमा आबद्ध भएकी छिन । सरस्वती चौधरीले माल्दिभ्सको लोरेन्जो क्लबबाट लिग खेल्नेछिन् । करीब एक साता सम्म सरस्वती चौधरी माल्दिभ्समै रहने छिन् । सरस्वती चौधरी भलिबलमा स्पाइकरका रूपमा खेल्ने गर्दछिन्।
महिला भलिबललाई रजत स्थानमा पुयाउन सरस्वती चौधरीको महत्वपूर्ण भूमिका रहेको थियो । सरस्वती चौधरी नेपालको विभागीय टिम एपीएफबाट खेल्ने गर्छिन् ।