क्रिकेटखेलकुद

पिपिएल क्रिकेट: आज दुई खेल हुँदै, विराटनगर र धनगढी तथा वुटवल र काठमाडौं भिड्ने

पिपिएल क्रिकेट: आज दुई खेल हुँदै, विराटनगर र धनगढी तथा वुटवल र काठमाडौं भिड्ने

३० मङ्सिर २०७६ काठमाडौँ: नमस्ते पोखरा प्रीमीयर लिगमा आज दुई खेल हुँदै छ । आज हुने खेलमा विराटनगर र धनगढी तथा वुटवल र काठमाडौं भिड्ने छन् । पहिलो खेल विराटनगर र धनगढीबिच हुने छ । विराटनगर र धनगढीबिच ९ बजे देखी सुरु हुने छ भने वुटवलर काठमाडौंबिचको खेल १२ :४५ देखि सुरु हुने छ ।

विराटनगरको टोलीमा प्रदीप ऐरी (कप्तान), दिलिप नाथ, दीपेश श्रेष्ठ, जितेन्द्र मुखिया, किशोर महतो, लब कामत, मिनस थापा, पुष्प थापा, राजेश पुलामी मगर, राजु रिजाल, साहव आलम , सुनिल धमला र लोकेश बम रहेका छन् । विदेशी खेलाडीको रुपमा पुनित मेहरा भारतीय मुलका खेलाडी हुन् भने मोहम्मद जैद आलम पाकिस्तानी मुलका खेलाडी हुन् । यो टिममा अझै पनि एक जना खेलाडी टुङ्गो लाग्न बाँकी ।

धनगढीको टोली दीपेन्द्र सिंह ऐरी कप्तानी रहने छ । ऐरी कप्तानीमा मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम र अनिल खरेल । विदेशी खेलाडीरुपमा भारतीय खेलाडी अमित यादव रहेका छन् भने श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस क्यानाडा बाट खेल्ने गर्छन् ।

बुटवलको टोलीमा सोमपाल कामी (कप्तान), मोहम्मद साम्सद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरण बि.क, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री रहेका छन् भने विदेशी खेलाडीको रुपमा अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क यी तीनै जना भारतीय खेलाडी हुन् ।

काठमाडौं गोल्डेन्सको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई । विदेशी खेलाडी: गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी तीनै जना भारतीय मुलका खेलाडी हुन् ।

बिराटनगर टाईटन्स
रिटेनज खेलाडी – दिलिप नाथ ( ७५,००० ) , लोकेश बम ( ५०,००० )
रिलिज खेलाडी – जितेन्द्र सिंह ठकुरी, रोबिन जोशी , हिमांशु दत्ता

धनगढी ब्लुज –
रिटेनज खेलाडी – सुनम गौतम ( ५०,००० ) , अनिल खरेल (५०,००० )
रिलिज खेलाडी – दिलिप नाथ, सन्तोष भट्ट, योगेन्द्र कार्की

बुटवल ब्लास्टर्स –
रिटेनज खेलाडी– शेर मल्ल ( ५०,००० ) , कमल खत्री ( ३०,००० )
रिलिज खेलाडी – सागर पुन, अनिल खरेल, प्रकाश केसी

काठमाडौँ गोल्डेन वारियर्स
रिटेनज खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी