सागका पदक विजेताको नगरपरिक्रमा आज,सवारी आवागमन प्रभावित नहुने
सागका पदक विजेताको नगरपरिक्रमा आज,सवारी आवागमन प्रभावित नहुने
२७ मङ्सिर २०७६ : १३औ साग विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराइदै छ । राष्ट्रिय खेलकुद परिषदले आज सम्मान् सहित नगरपरिक्रमा गराउन लागेको हो । खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम राष्ट्रिय खेलकुद परिषदले तय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले त्रिपुरेश्वरबाट सुरु हुने नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ । राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ ।परिक्रमा ११ बजे देखि सुरु हुँदै छ ।
खेलाडीलाई नगर परिक्रमा गराउदा सवारी आवागमन प्रभावित नहुने ट्राफिक प्रहरी महासाकाले जनाएको छ । सडको साइदबाट खेलाडीलाई नगर नगरपरिक्रमा गराउने योजना रहेको हो छ ।