खेलकुदफुटबल

१३ औं साग: पुरुष फुटबल टोलि र खेल बारे सम्पूर्ण जानकारी

१३ औं साग: पुरुष फुटबल टोलि र खेल बारे सम्पूर्ण जानकारी

१५ मङ्सिर २०७६ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ ।
काठमाडौँको पुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नु हुने छ ।
दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सवमा सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ ।

उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।
उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन् ।
अञ्जु पन्त, दिपक बज्रचार्य लगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिनेछन् ।

एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेल मंसिर १७ गते बाट सुरु हुने छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको खेल तालिका सुरु सार्वजनिक भएको छ ।

मिडफिल्डर सुजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबल टोलीको कप्तानी गर्ने छन् ।

फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर दीनेश राजवंशी भने टिममा छैन् । अनुशासन हिन काम गरेका उनीहरुलाई टिममा समाबेस गरेको छैन् ।
नाइट क्लब’ मा गएर नियमबिपरित मदिरा सेवन गरेका कारण ३ जनाले कुवेतविरुद्धको विश्वकप छनोटको खेल गुमाएका थिए।

सागमा उनीहरुको सट्टामा सागमा बैकल्पिक खेलाडीले मौका पाउने भएका छन्।
राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनले अब साग खेल्न पाउने भएका छन्।
यसअघि सिनियर टोलीको कप्तानी गरिसकेका सुजल सागका लागि पनि कप्तान चुनिएका हुन् ।

एन्फाले सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ भने दुस्रो खेल डिसेम्बर ४ मा श्रीलंका, ६ मा माल्दिभ्स र ८ मा बंगलादेशसँग खेल्नेछ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि नँया तालिका सार्वजनिक गरिएको हो ।
अब पुरुष फुटबलमा नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानमात्र सहभागी हुनेछ ।
सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान रहेको छ ।

पुरुष फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालको खेल

नेपाल भर्सेस भुटान – मंसिर १७ गते – दिउँसो १ बजे

नेपाल भर्सेस श्रीलंका – मंसिर १८ गते – साँझ ५ बजे

नेपाल भर्सेस माल्दिभ्स – मंसिर २० गते – साँझ ५ बजे

नेपाल भर्सेस बंगलादेश – मंसिर २२ गते – साँझ ५ बजे

नेपाली टिम

गोलकिपर – विकेश कुथु, अर्पण कार्की, दीप कार्की डिफेन्डर – अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ, राजेश परियार

मिडफिल्डर – सुजल श्रेष्ठ (कप्तान), सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाङ्म्बे, तेज तामाङ

फरवार्ड – राजिव लोप्चन, अभिषेक रिजाल, रेजिन सुब्बा, प्रेजन तामाङ

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।