१३ औं साग क्रिकेट(महिला): नेपाल बिरुद्ध बंगलादेश
१३ औं साग क्रिकेट(महिला): नेपाल बिरुद्ध बंगलादेश
१८ मङ्सिर २०७६ काठमाडौँ: १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ । यो खेल पोखरा रंगशालामा हुने छ । खेल बिहान १० बजे बाट सुरु हुने छ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । सो खेल १ बजे देखि सुरु हुने छ । टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू-२३ ले भुटानको सामना गर्नेछ । बंगलादेश बिरुद्ध माल्दिभ्स खेल बिहान १० बजे बाट सुरु श्रीलंका बिरुद्ध भुटान १ बजे बाट सुरु हुने छ ।
नेपाली महिला क्रिकेट टोलीमा रुबिना क्षेत्री बेलबासे(कप्तान), सीता रानामगर(उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ(विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर रहेकी छिन् ।
बंगलादेश महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना, नहिदा अख्तर, खदीजा तुल कुबरा, रितु मोनी, पूजा चक्रवर्ती र राबिया अख्तर रहेकी छिन् ।
सागमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिएका छन् । भारत र पाकिस्तानले महिला र पुरुष दुवै क्रिकेटमा सहभागिता जनाएका छैनन् भने भुटानले पनि महिला क्रिकेटमा सहभागीता जनाएकाे छैन् । महिला क्रिकेटमा चार टिमकाे सहभागिता रहेपछि राउण्ड राेविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
महिला क्रिकेट तर्फ नेपाले अब अन्तिम खेल डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । पहिलो खेल्मा नेपालले माल्दिभ्स विरूद्द १० विकेटले विजयी हात परेको थियो । पहिलो खेलमा माल्दिभ्सले दिएको १७ रनको लक्ष्य दिएको थियो । नेपालले ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । माल्दिभ्सका ९ जना खेलाडीले खाता नखोलिकन आउट भएका थिए। यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।