डिस्को काण्ड: कारवाहीमा रहेका खेलाडीले ‘ए’ डिभिजन लिग खेल्न नपाउने
डिस्को काण्ड: कारवाहीमा रहेका खेलाडीले ‘ए’ डिभिजन लिग खेल्न नपाउने
२७ मङ्सिर २०७६ काठमाडौँ: कारवाहीमा रहेका चार जान युवा खेलाडीले ‘ए’ डिभिजन लिग खेल खेल्न नपाउने भएका छन् । आखिल फुटबल संघ अन्फाको आयोजनमा हुन् लागेको ‘ए’ डिभिजन लिगमा चर्चित फुटबलर बिमल घर्तिमगर,अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी खेल्न नपाउने भएका हुन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार यस बिसयमा छानबिन भइरहेको र समितिको निर्णय नआए सम्म बिमल घर्तिमगर,अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीले कुनै पनि लिग खेल्न नपाउने भएका हुन् ।
विश्वकप छनोट र १३ औं सागको बन्द प्रशिक्षणमा रहेका ४ जना खलाडीहरु राति भागेर ठमेल र दरबारमार्गका विभिन्न डान्सबार र डिस्को पुगेका थिए । डान्सबार पुगेर झगडा गरेको कुरा पनि खुल्न आएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।

