१३औं साग क्रिकेट(पुरुष): माल्दिभ्सलाई १सय ६४ रनको लक्ष्य
१३औं साग क्रिकेट(पुरुष): माल्दिभ्सलाई १सय ६४ रनको लक्ष्य
२० मङ्सिर २०७६ एजेन्सी: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज नेपाले तस्रो खेल खेल्दै छ । आजको खेल क्रितिपुर मैदानमा भइराको छ । आजको खेल १ बजे टियु देखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
नेपालका करण केसीले अविजित रहदै सर्वाधिक ४० रन बनाए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९ बनाएका थिए ।
नेपालले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । नेपाली पुरुष टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान