देशराजनितीसमाचारसमाज

बम विस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३को निधन

बम विस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३को निधन

२८ मङ्सिर २०७६ जनकपुर : धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमीर दाहालको उपचारका क्रममा निधन भएको छ । बिस्फोट धनुषाको सिद्धेश्वर नगरपालिका–५ स्थित महेन्द्रनगरमा राती १२ बजे भएको थियो। कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

दाहाललाइ छर्रा लागेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको थियो । स्थानीय राजेश्वर साहको घरको शौचालमा बम रहेको खबर पाएपछि ‘माथिको आदेशमा’ दाहाल प्रहरी टोली लिएर घटनास्थल पुगेका थिए ।

बम रहेको जानकारी पाएपछि जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

घटनामा घरधनी साह र उनका एक छोराको घटनास्थलमै मृत्यु भयो भने अर्का छोरा र छोरी गम्भीर घाइते छन् । घटनामा घाइते भएका अर्का प्रहरी जवान रिजन महतोको पनि अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।