दोलखामा एस्काभेटर दुर्घटना, एकको मृत्युु तीनको अवस्था गम्भीर
दोलखामा एस्काभेटर दुर्घटना, एकको मृत्युु तीनको अवस्था गम्भीर
२६ मङ्सिर २०७६ चरिकोट : दोलखाको भीमेश्वर नगरपालिका २ स्थित तिखातलमा भएको एस्काभेटर दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्युु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन।
सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको जेसिभि कम्पनीको एस्काभेटर राति ८ः३० बजे दुर्घटना हुँदा दोलखा बिगु गाउँपालिका ८ खोपाचाँकुका अन्दाजी २३ वर्षीय राजु थामीको मृत्यु भएको हो भने घाइते हुनेहरूमा चालक कालिन्चोक गाउँपालिका ४ चिउरीखर्कका २२ वर्षीय राजकुमर थामी, बिगु गाउँपालिका ७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका २का १६ वर्षीय सुमन थामी रहेका छन्।
घटनास्थलबाट घाइतेहरूको उद्धार गरि राति नै चरिकोट स्थित प्राथमिक स्वस्थ्य केन्द्रमा र्पुयाएका थिए।
गम्भीर घाइते भएका राजु थामीको भने उपचारको क्रममा राति ९ बजेको समयमा मुत्यु भएको थियो । उनको शवलनई हाल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
त्यसैगरी घाइतेहरुै तिनै जनालाई थप उपचारकालागि काठमाडौ पठाइएको प्राथमिक स्वस्थ्य केन्द्र चरिकोटले बतायो ।