खेलकुदफुटबल

नेपाल निलो र जापानी टिमबीचको मैत्रीपूर्ण खेल आज, टिकट मूल्य कति ?

नेपाल निलो र जापानी टिमबीचको मैत्रीपूर्ण खेल आज, टिकट मूल्य कति ?

२७ मङ्सिर २०७६ काठमाडौँ: नेपालको निलो र जापानी टिमबीचको मैत्रीपूर्ण खेल आज हुँदै छ ।आजको खेल काठमाडौँको दशरथ रंगशालामा हुँदै छ । आजको खेल ३ बजे देखि सुरु हुँदै छ । नेपाली निलो टिममा साग स्वर्ण पदक जितेका खेलाडी, सिनियर राष्ट्रिय टिमका सदस्यहरु लगायत यू-१९ समेत खेलाडी सहभागी हुनेछन् ।

जापानी टिम र नेपाल निलोबीच खेलका लागि एन्फाले भिआइपीतर्फ १ हजार र सामान्य प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखेको छ । यस्तै जापानी टोलीले आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।