१३औं साग: आज हुने क्रिकेट र फुटबल बारे सम्पूर्ण जानकारी
१३औं साग: आज हुने क्रिकेट र फुटबल बारे सम्पूर्ण जानकारी
१६ मङ्सिर २०७६: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबल र क्रिकेटका खेलहरु सुरु हुँदैछन् ।
आज हुने खेल पोखरा र काठमाडौँ मा हुँदै छ । फुटबल खेलको कुरागर्दा खेरि आज काठमाडौँको दशरथ रंगशालामा पहिलो खेल हुँदै छ । पहिलो खेल बंगलादेश र भुटानबिच हुँदै छ । यो खेल दिउँसो एक बजे हुनेछ । साँझ पाँच बजे माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् ।
अन्तिम समयया भारतले नखेल्ने भएपछि पुरूष फुटबलमा ५ टिमले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार, पहिलो दिन सोमबार बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुनेछ । नेपालले पहिलो खेल मंगलबार भुटानसँग खेल्नेछ।
नेपालको खेल
नेपाल भर्सेस भुटान – मंसिर १७ गते – दिउँसो १ बजे
नेपाल भर्सेस श्रीलंका – मंसिर १८ गते – साँझ ५ बजे
नेपाल भर्सेस माल्दिभ्स – मंसिर २० गते – साँझ ५ बजे
नेपाल भर्सेस बंगलादेश – मंसिर २२ गते – साँझ ५ बजे
पुरुष नेपाली टिम:
गोलकिपर – विकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर – अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ, राजेश परियार
मिडफिल्डर – सुजल श्रेष्ठ (कप्तान), सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाङ्म्बे, तेज तामाङ
फरवार्ड – राजिव लोप्चन, अभिषेक रिजाल, रेजिन सुब्बा, प्रेजन तामाङ
सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।महिला फुटबल भने मंगलबारदेखि पोखरामा सुरु हुनेछ।
नेपाली महिला टोलि:
गोलकिपरः एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः गिता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पूजा राना
मिडफिल्डरः रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन, विमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, निरु थापा, अनिता केसी ।
महिला क्रिकेट खेल
महिला तर्फको क्रिकेट भने आज देखि खेल सुरु हुँदै छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सोमबार दक्षिण एसियाली खेलकुद (साग)मा आज डेब्यु गर्दैछन ।
आज महिला क्रिकेट टोलीले माल्दिभ्स बिरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।
सागको इतिहासमा पहिलो पटक महिला क्रिकेट समाबेस गरिएको छ ।
१२ वर्षे पछि महिला टिम पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ ।
महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले यस अघि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन् ।
सागमा डेब्यु र पहिलो पटक घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी सबै उत्साहित छन् ।
नेपाल घरेलु भूमिमा पहिलो पदकको लक्ष्यमा रहेका छन् । आजको खेल बिहान ११ बजे सुरु हुनेछ ।नेपाल सहित ५ राष्ट्र बंगलादेश, भुटान माल्दिभ्स र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले माल्दिभ्सपछि डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।
शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ),सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर