देशराजनितीसमाचार

भारतले लुटेको नेपाली भूमि फिर्ता गराउन प्रमको बिशेषदुत बनेर माधव नेपाल भारत जादै

भारतले लुटेको नेपाली भूमि फिर्ता गराउन प्रमको बिशेषदुत बनेर माधव नेपाल भारत जादै

१६ मङ्सिर २०७६ काठमाण्डौँ: भारतले लुटेको नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेषदुत बनेर नेकपा नेता एबम विदेश बिभाग प्रमुख माधव कुमार नेपाल भारत जादै हुनुहुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत बनाएर उनलाई नयाँ दिल्ली पठाउने तयारी गरेका हुन् ।

भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई भारतीय भूमिमा पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले पनि भारतले अतिक्रमण गरेको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीय सेना हट्नुपर्ने बताउँदै आएका छन् ।

नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । राजधानी दैनिकबाट