खो खो: बंगलादेशमाथि नेपालको रोमान्चक जित
खो खो: बंगलादेशमाथि नेपालको रोमान्चक जित
१५ मङ्सिर २०७६ काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको खेलमा पुरुष टोलिले शानदार सुरुवात गर्दै रोमान्चक जित दर्ता गरेका छन् ।
किर्तिपुरमा भएको खेलमा आज पहिलो खेलमा नेपालले बंगलादेशलाई २१-१९ अंकले पराजित गरेको छ ।
खो खोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो र साथै जितसँगै नेपालले आफ्नो खातामा ३ अंक जोडेको छ ।
पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ जोड्दा दोस्रो टर्नमा बंगलादेशले पनि १२ नै अङ्क जोड्यो ।
दोस्रो इनिङको पहिलो टर्नमा ९ अङ्क जोड्दा नेपाल २१-१२ को स्थितिमा पुग्यो ।
तेस्रो टर्नमा बंगलादेशलाई १० अङ्कको आवश्यकता रहदा ८ अङ्कमात्रै जोड्दा नेपालले पहिलो जित सुनिश्चित दर्ता गरेको छ ।
