क्रिकेटखेलकुद

१३ औं साग: क्रिकेट खेल हेर्न टिकट मूल्य २ सय र ५ सय रुपैयाँ

१३ औं साग: क्रिकेट खेल हेर्न टिकट मूल्य २ सय र ५ सय रुपैयाँ

१३ मङ्सिर २०७६ काठमाडौँ: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्रिकेटको टिकटको मूल्य निर्धारण गरेको छ ।
क्रिकेट खेलको लागि राखेपले टिकट निर्धारण गरेको हो ।

सागमा क्रिकेट हेर्न क्रिकेटको टिकट मूल्य २ सयदेखि ५ सयसम्म निर्धारण गरेको छ ।
नेपालको खेल भएको दिन ५ सय र अरु दिन २ सय रुपैयाँको टिकट व्यवस्था गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

पुरुष क्रिकेटका खेल मंसिर १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
पहिलो खेलमा नेपालले श्रीलंकाको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

पुरुष क्रिकेटमा बंगलादेशको यु २३ टिम, भुटान, माल्दिभ्स नेपाल र श्रीलंकाको यु २३ टिम सहभागी छ । पुरुष क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता जनाएनन् ।
महिला क्रिकेटका खेलहरु भने पोखरामा हुनेछ ।

पुरुष क्रिकेटको खेलतालिका
पुरुष तर्फ नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान ११ बजे श्रीलंकाबिरुद्द, दोस्रो खेल १९ गते बिहान ९ बजे भुटानसँग, तेस्रो खेल २० गते दिउँसो १ बजे माल्दिभ्ससंग र लिगको अन्तिम खेलमा नेपालले २१ गते बिहान ११ बजे बंगलादेशसँग खेल्नेछ।

टिकट इसेवाबाट किन्न सकिनेछ ।

लिगबाट शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछन भने तेस्रो र चौथो स्थानमा रहने टिमबीच तेस्रो स्थान (कास्य पदक) का लागी प्रतिष्पर्दा हुनेछ ।
२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल मङ्सिर २४ मा खेलिनेछ।

महिला क्रिकेटको खेलतालिका
महिला क्रिकेटको सार्वजनीक खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते माल्दिभ्सबिरुद्द बिहान ११ बजे खेल्ने छ ।
दोस्रो खेल बिहान ९ बजे बंगलादेशबिरुद्द खेल्ने छ ।
तेश्रो खेल श्रीलंकासंग मङ्सिर १९ मा ९ बजे खेल्नेछ।

प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाईनेछ।