१३औं साग फुटबल(पुरुष): फाईनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने
१३औं साग फुटबल(पुरुष): फाईनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने
२१ मङ्सिर २०७६ काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौ दिन आज आइतबार १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आठौ दिन आज आइतबार फूटबलको खेलाई निकै महत्पूर्ण रुपमा लिएको छ । आजको पुरुष फुटबल खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ । आजको खेल सझा ५ बजे देखि सुरुहुने छ ।आजको खेल नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । आज नेपालले पराजित भएको खण्डमा फाईनल खेल्ने सपन समाप्त हुने छ । आजको खेलमा जिते वा बराबरी गर्ने सके नेपाल फाइनलमा प्रवेश गर्ने छ ।
अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।
दक्षिण एसियाको सबै भन्दा कमजोर टोलि भुटान फाईनलमा प्रवेश गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको (साग) खेल फुटबलमा भुटान फाईनलमा प्रवेश गरेको छ । भुटानले हिजो भएको खेलमा श्रीलंकालाइ ३-० पराजित गरेको छ । सागको ३५ वर्षको इतिहासमा पुरुष फुटबलमा पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ। जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जितेको छैन् ।
