राजनितीसमाचार

धरानको मेयरमा नेकपाको पत्ता साफ, कांग्रेसका तिलक राई बिजयी

धरानको मेयरमा नेकपाको पत्ता साफ, कांग्रेसका तिलक राई बिजयी

१६ मंसिर २०७६ काठमाडौं : धरान उपमहानगरपालिकाको मेयरमा नेकपाको गढ इलाका तोड्दै नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित पर्दै आफ्नो जित दर्ता गर्न सफल भएका हुन् । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो ।

०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट मेयरमा तारा सुब्बा निर्वाचित भएका थिए पछि उनको निधन पश्च्यात रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।