ला लिगा फुटबल:मेस्सी बने नायक,बार्सिलोना शीर्ष स्थानमा
ला लिगा फुटबल:मेस्सी बने नायक,बार्सिलोना शीर्ष स्थानमा
१६ मङ्सिर २०७६ एजेन्सी: साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
हिजो राति भएको खेल एट्लेटिको मड्रिडमाथि १-० गोल जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
कप्तान लियोनल मेस्सीले निर्णायक गोलले बार्सिलोनाले खेल जित्न सफल भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने दुस्रो हाफको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै जित दर्ता गर्न सफल भएको हो ।
लिगमा बार्सिलोनाले १४ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
एट्लेटिको २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
बार्सिलोना रियल मड्रिडलाई पछि परेको छ ।