१३औं साग महिला क्रिकेट: नेपाल बिरुद्ध माल्दिभ्स
१३औं साग महिला क्रिकेट: नेपाल बिरुद्ध माल्दिभ्स
१६ मङ्सिर २०७६ काठमाडौँ: नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सोमबार दक्षिण एसियाली खेलकुद (साग) मा आज डेब्यु गर्दैछन ।
आज महिला क्रिकेट टोलीले माल्दिभ्स बिरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।
सागको इतिहासमा पहिलो पटक महिला क्रिकेट समाबेस गरिएको छ ।
१२ वर्षे पछि महिला टिम पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ ।
महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले यस अघि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन् ।
सागमा डेब्यु र पहिलो पटक घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी सबै उत्साहित छन् ।
नेपाल घरेलु भूमिमा पहिलो पदकको लक्ष्यमा रहेका छन् ।
आजको खेल बिहान ११ बजे सुरु हुनेछ ।
नेपाल सहित ५ राष्ट्र बंगलादेश, भुटान माल्दिभ्स र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले माल्दिभ्सपछि डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।
शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ),सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर