बलात्कार-आरोपी सिद्धबाबा बिराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ
बलात्कार-आरोपी सिद्धबाबा बिराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ
१६ मंसिर २०७६ विराटनगर : बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत विराट नर्सिङहोम अस्पतालको आईसीयूबाटै पक्राउ गरेर सुनसरी लागिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट खटिएको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमको सैयाबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको हो ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेपनि विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।
पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।
सिद्धबाबामाथि आफ्नै अनुयायीले गत कात्तिक ४ गते बलात्कार गरेको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।