स्पेनिस सुपर कपको फाईनल: एट्लेटिको मड्रिड र रियाल मड्रिड भिड्दै (सम्पूर्ण जनाकारी)
स्पेनिस सुपर कपको फाईनल: एट्लेटिको मड्रिड र रियाल मड्रिड भिड्दै (सम्पूर्ण जनाकारी)
२७ पौष २०७६ एजेन्सी: स्पेनिस सुपर कपको फाईनल खेल आज हुँदै छ । आज उपाधिको लागि एट्लेटिको मड्रिड र रियाल मड्रिड भिड्दै छन् । एट्लेटिको मड्रिड र रियाल मड्रिडबिचको खेल ११:४५ बजे देखि सुरु हुँदै छ। यो फाईनल खेल साउदी अरेबियास्थित किङ्ग अबदुल्ला स्पोर्टस् सिटीमा हुदै छ ।
बुधबार राति साउदी अरेवियामा भएको खेलमा भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको थियो भने बिहिबार राति भएको अर्को सेमीफाइनल खेलमा बार्सिलोनालाई ३-२ ले पराजित गर्दै एट्लेटिको मड्रिड स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको थियो ।
आजको खेलमा विजेता हुने टोलीले यो सिजन तथा नँया वर्ष २०२० को पहिलो उपाधि उचाल्ने छ । रियल मड्रिड ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने एट्लेटिको मड्रिड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । बार्सिलोना र रियल मड्रिडको समान अंक भए पनि गोल अन्तरको आधारमा बार्सिलोना पहिलो स्थानमा रहेको छ ।