क्रिकेटखेलकुद

साग पुरुष क्रिकेट: नेपाल आज पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै

साग पुरुष क्रिकेट: नेपाल आज पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै

१७ मङ्सिर २०७६ काठमाडौँ: नेपाल आज पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलंकासँग खेल्ने भएको छ । आजको खेल ११ बजे टियु क्रिकेट मैदानमा हुँदै छ । पुरुष क्रिकेटका खेल मंसिर १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ । फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ । लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुने छ ।
नेपाली टिमका लेग स्प‌िननर सन्दिप साग खेल नखेल्ने भएका छन् । दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने भएका हुन् ।

श्रीलंकाको टिम: चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान), दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला, पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना परेरा

नेपाली पुरुष टिम: ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान

सागमा क्रिकेट हेर्न क्रिकेटको टिकट मूल्य ३  सय रुपैयाँ निर्धारण गरेको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।