कास्की २ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचित
कास्की २ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचित
१५ मंसिर २०७६ पोखरा : कास्की २ बाट प्रतिनिधिसभा सदस्यकालागी भएको निर्वाचनमा नेकपकी विद्या भट्टराई निर्वाचित हुनुभएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले कांग्रेस उमेद्वारलाई पछी पर्दै चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।
यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।