देशराजनितीसमाचारसमाज

लिम्पयाधुरामात्र हैन सुस्ताको विवाद पनि टुङ्गिन्छ: मन्त्रि बास्कोटा

लिम्पयाधुरामात्र हैन सुस्ताको विवाद पनि टुङ्गिन्छ: मन्त्रि बास्कोटा

१२ मंसिर २०७६ काठमाडौं : नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले भारतसंग जोडिएका लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि समाधान गरिने बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रि बास्कोटाले सीमामा देखीएका समस्याको समाधान एकैपटक खोजिने बताएका हुन् । मन्त्रि बास्कोटाले भने, ‘‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पयाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’

सीमा समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक नोटसमेत पठाइसकेको जानकारी दिँदै मन्त्री बास्कोटाले कुटनीतिक र राजनीतिक रुपमा लिम्पियाधुरा, सुस्ता लगायतका भारतसंग जोडिएका सीमामा रहेका समस्याको पनि समाधान गरिने बताएका हुन् ।

‘कागजात जुटाएर तथ्यगत आधारमा भारतसँग कुरा गरेर लिम्पियाधुरा मात्रै होइन सुस्ताको विवाद पनि टुङग्याउँछ,’ मन्त्री बाँस्कोटाले भने । नवलपरासीको सुस्ताको सीमा नारायणी नदीले फेरिरहने बाटोले पनि समस्या भएको स्थानीयले बताउँदै आएका छन् ।

सरकारले अघिल्लो हप्ता मात्रै सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ र ‘नेपाल–चीन’ सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिले आगामी तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने मन्त्री बाँस्कोटाले बताए ।