१३ औं साग क्रिकेट(पुरुष): नेपाल बिरुद्ध भुटान
१३ औं साग क्रिकेट(पुरुष): नेपाल बिरुद्ध भुटान
१९ मङ्सिर २०७६ काठमाडौँ: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज नेपाले दुस्रो खेल खेल्दै छ । आजको खेल क्रितिपुर मैदानमा हुँदै छ । आजको खेल ९ बजे टियु क्रिकेट मैदानमा हुँदै छ । यो खेलपछि नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।
पहिलो खेल्मा श्रीलंकासँग नेपाल पराजित भएको थियो ।टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायाे । नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। दिपेन्द्र ऐरीले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। जवाफमा श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । श्रीलंकाको जितमा सामु असानले अविजीत ७२ रन बनाए भने निसान मदुस्काले ४६ रनको योगदान गरे ।
पुरुष क्रिकेटका खेल मंसिर १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ । फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ । लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुने छ । नेपाली टिमका लेग स्पिननर सन्दिप साग खेल नखेल्ने भएका छन् । दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने भएका हुन् ।
नेपाली पुरुष टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान