समाचार

सागको उद्घाटन र समापनको दिनमा जोरबिजोर प्रणाली लागू: कुन दिन कुन सवारी चल्न पाउँछ ?

सागको उद्घाटन र समापनको दिनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

१३ मङ्सिर २०७६ :  १३औं दक्षिण एसियाली खेलकूद (साग)को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल उद्घाटनको दिन मंसिर १५ गते विजोर नम्बर प्लेटका र समापन मंसिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने जनाएको छ।

ठूला मालवाहक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ ।

यो नियम अत्याआवश्यक सवारीहरु दमकल, एम्बुलेन्स, पानी बोकेका सवारी लगायतमा भने लागू हुने छैन।