१३ औं साग: भलिबलमा आज नेपालले भारतलाई हराउनैपर्ने
१३ औं साग: भलिबलमा आज नेपालले भारतलाई हराउनैपर्ने
१३ मङ्सिर २०७६ काठमाडौँ: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भलिबल खेलमा नेपालले भारतको सामना गर्दै छ ।
भलिबलमा आज आयोजक नेपाल दोस्रो प्रतियोगिता रुपमा भारतको सामना गर्दै छ ।
पुरुष टिमको खेल आज दिउँसो ५ बजे रहेको छ ।
खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने छ ।
समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो ।
नेपाली टिम पहिलो ख्गेलमा बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो ।
सेमिफाइनलको यात्रा तय गर्नु छ भने आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ ।
भलिबलमा भारत निकै बलियो टोलि रहेको छ ।
भारतलाई दक्षिण एसियाली भलिबलको पावर हाउस भन्ने गरिन् छ ।
आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् ।
राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य ५ सय राखिएको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।
आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् ।