खाताबाट रकम चोरी प्रकरण: अनुसन्धानमा परे यी १९ बैंक (सुचिसहित)
खाताबाट रकम चोरी प्रकरण: अनुसन्धानमा परे यी १९ बैंक (सुचिसहित)
१३ मङ्सिर २०७६ काठमाडौँ : यहि मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ अनधिकृत भुक्तानी लिएकोमा बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले अन्य १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले कुल १९ बित्तिय सँस्था जसमा तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको जनाएको छ ।
प्रहरीले राष्ट्र बैंकसँगको समन्वयमा बैंकका सञ्चालक र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको र संकामा परेका व्यक्तिको निगरानी बढाएको जनाएको छ ।
अनुसन्धानमा परेका बैंक/फाइनान्स
– सेञ्चुरी बैंक
– आईसीएफसी फाइनान्स
– लक्ष्मी बैंक
– मञ्जुश्री फाइनान्स
– ज्योति विकास बैंक
– सिद्धार्थ बैंक
– सानिमा बैंक
– जनता बैंक
– एनआईसी एसिया बैंक
– सिभिल बैंक
– बैंक अफ काठमान्डु
– गोर्खाज फाइनान्स
– कैलाश विकास बैंक
– युनाइटेड फाइनान्स
– एनसीसी बैंक
– एभरेस्ट बैंक
– प्रभु बैंक
– माछापुच्छ्रे बैंक
– मुक्तिनाथ विकास बैंक