अन्तरास्ट्रिय विमानस्थलबाट ८ किलो सुन तस्करी, दुई चिनियाँ नागरिक पक्राउ
अन्तरास्ट्रिय विमानस्थलबाट ८ किलो सुन तस्करी, दुई चिनियाँ नागरिक पक्राउ
१३ मंसिर २०७६ काठमाडौं : चुडामणि उप्रेती गोरे पक्राउ परे संगै सुस्ताएको सुन तस्करी फेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेपछि बढ्न थालेको देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँले गएराति सुनसहित दुइ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । विमानस्थलको नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयले बताएको छ ।
पक्राउ पर्ने दुइ चिनिया नागरिकहरु इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं ओर्लिएका थिए ।
पक्राउ परेका व्यक्तिले नै सुन बिक्रि गर्न ल्याएको वा भरिया मत हुन् भन्ने खुलिसकेको छैन ।