खेलकुदफुटबल

च्याम्पियन्स लिगमा बार्सिलोना र डर्टमण्ड बिचको खेल आज (खेलबारे सम्पूर्ण जानकारी)

च्याम्पियन्स लिगमा बार्सिलोना र डर्टमण्ड बिचको खेल आज (खेलबारे सम्पूर्ण जानकारी)

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) राति निकै रोमान्चक प्रतिस्पर्धा हुँदै छ ।
आज हुने खेलमा स्पेनिस महारथी बार्सिलोना र जेर्मन कलब बोरुसिया डोर्टमण्ड आमने सामने हुँदैछन् ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ ।
आजको खेल दुवै टोलीको लागि महत्पूर्ण छ । आन्तिम १६ जाने निर्णय आजकै खेलले निर्धारण गर्ने छ ।

शिर्षस्थानमा रहेको बार्सिलोनाको ८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसियाको ७ अंक रहेको छ । तेस्रो स्थानमा रहेको इन्टर मिलानको चार अंक रहेको छ ।

कसरी हेर्ने लाईभ खेल
नेपालमा युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लाईभ सोनी नेटवर्क बाट हेर्न सक्नु हुन्छ । www.sonyliv.com लगिन गरेर पनि हेर्न सक्नु हुने छ ।
sonyliv मोबाइल एपडाउन लोड गरेर पनि हेर्न सक्नु हुने छ ।

यी हुन् आज हुने खेल र समय :
जेनिट बिरुद्ध लियोन:(११:४० बजेदेखि)
भ्यलन्सिया बिरुद्ध चेल्सी:(११:४० बजेदेखि)
बार्सिलोना बिरुद्ध बोरुसिया डोर्टमण्ड:(१:४५ बजेदेखि)
स्लाभिया प्रहार बिरुद्ध इन्टर मिलान:(१:४५ बजेदेखि)
लिले बिरुद्ध आयाकस:(१:४५ बजेदेखि)
लिभरपुल बिरुद्ध नापोली:(१:४५ बजेदेखि)
लिपिज बिरुद्ध बेनिफिका:(१:४० बजेदेखि)
जिन्क बिरुद्ध रेड बुल:(१:४५ बजेदेखि)