फुटबल

च्याम्पियन्स लिगः पिएसजीलाई बोरुसिया डोर्टमण्डको डर

च्याम्पियन्स लिगः पिएसजीलाई बोरुसिया डोर्टमण्डको डर

२८ फागुन २०७६ एजेन्सी: युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरु हिजोबाट सुरु भएको छ। अन्तिम १६ को दोस्रो लेगको खेलमा आज पेरिस सेन्ट जेर्मनले बोरुसिया डोर्टमण्डको सामना गर्नेछ ।

बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनको आफ्नो घरेलु मैदानमा सामना गर्न लागा हो। बोरुसिया डोर्टमण्ड जर्मन बुन्डेस लिगाको दोस्रो स्थानमा रहेको छ भने पेरिस सेन्ट जेर्मन फ्रान्स लिग १ को शिर्ष स्थानमा रहेको छ ।

पहिलो लिगको खेलमा पिएसजी बोरुसिया डोर्टमण्डसँग २-१ गोलले ले पराजित भएको थियो ।

बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मनको खेल राति १:४५ बजे देखि सुरु हुनेछ । बोरुसिया डोर्टमण्ड र पेरिस सेन्ट जेर्मन को लाइभ सोनी टेन १ एसडी र एचडी मा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *