कास्कीमा नेकपाको सभास्थल नजिकै बम पड्कियो
कास्कीमा नेकपाको सभास्थल नजिकै बम पड्कियो
११ मंसिर २०७६ कास्की : उपचुनाव हुने तयारीमा रहेको कास्की को क्षेत्र न. दुइ को प्रचारप्रसारमा संलग्न नेकपाको सभास्थलमा बम पड्किएको छ। पोखराको नयाँ बजारमा बम विस्फोट भएको हो । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।
पोखराको प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।
zचुनावी सभालाई लक्षित गरेर गराइएको विस्फोटबाट कुनै क्षति भने नभएको जानकारी आएको छ ।
यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।