फुटबल

आरबि लेइपजिज र टोटनहम सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभ बिषयमा जानकारी

आरबि लेइपजिज र टोटनहम सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभ बिषयमा जानकारी

२७ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज दुइ खेलहरु हुँदै छ।

युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पनिस क्लब भ्यालेनसियाले इटालियन क्लब एट्लान्टाविरुद्ध खेल्दै छ भने अर्को खेलमा जर्मन क्लब आरबि लेइपजिजले इङ्ग्लिस क्लब टोटनहमसँग आफ्नो घरेलु मैदानमा खेल्दैछ ।

एट्लान्टा बिरुद्ध भ्यालेनसिया र टोटनहम बिरुद्ध आरबि लेइपजिजको खेल एउटै समय रहेको छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।खेलको लाइभ सोनी टेन २ एसडी र एचडी मा आउने छ ।

पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लेइपजिजकोसँग १-० ले पराजित भएको थियो ।

आरबि लेइपजिज सम्भावित प्लेइङ ११: गुलासी; क्लोस्टरम्यान, उपमेकानो, हल्स्टनबर्ग, मुकिले, लाइमर, सबित्जर,एन्जेलिनो, वर्नर,पैट्रिक शेख ,क्रिष्टोफर कुनकु

टोटनहम सम्भावित प्लेइङ ११: ल्लोरिस, अउरियर, सान्चेज, एल्डरवायरल्ड, भर्टोनहेन; लामेला, विन्क्स, लो सेल्सो, सेसेग्नन, अल्लि ,लुकास