१३ औं साग: भलिबलमा खेल आजदेखि,टिकट मूल्य कति ?
१३ औं साग: भलिबलमा खेल आजदेखि,टिकट मूल्य कति ?
११ मङ्सिर २०७६ काठमाडौँ: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भलिबल खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ ।
भलिबलमा आज आयोजक नेपाल पहिलो प्रतियोगिता रुपमा बंगलादेशको सामना गर्दै छ ।
नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।
महिला टिमको खेल आज दिउँसो ३ बजे रहेको छ भने पुरुष टिमको खेल आज साँझ ७ बजे रहेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय कभर्ड हलमा हुने छ ।
राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य ५ सय राखिएको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।
यस्तै भलिबलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ ।
सागको औपचारिक उद्घाटन १५ मंसिरमा हुने भएपनि भलिबलका खेलहरु ११ मंसिरबाटै सुरु हुनेछ । पुरुषको समूह ‘ए’ मा भारत, नेपाल र बंगलादेश रहेका छन् ।
समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
महिला समुहमा नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् ।
समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
महिला तर्फको खेलतालिका
पहिलो दिन लिग चरणमा महिलाततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ ।
दोस्रो दिन पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।
तेस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र नेपालबीच खेल हुनेछ ।
श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ ।
सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।
पुरुष तर्फको खेलतालिका
पहिलो दिन लिग चरणमा बुधबार पुरुषततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ ।
बुधबारनै माल्दिभ्स र पाकिस्तनबीच साँझ ५ बजे खेल हुनेछ ।
दोस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।
तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्बीच खेल हुनेछ ।
शनिबार सेमिफाइनलका दुवै खेल हुनेछ ।
सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।