अन्तरास्ट्रियसमाचार

इरानको तेहरानमा ठूलो विष्फोट १३ जना मारिए

इरानको तेहरानमा ठूलो विष्फोट १३ जना मारिए

१७ असार २०७७ इरान : इरानको राजधानी तेहरानको एक क्लीनिकमा विष्फोट भएको छ। बिस्फोटमा १३ जना व्यक्ति मारिएको खबर इरानी संचारमाध्यमले बताएका छन् ।

घटनामा १३ जनाको मृत्यु हुनुका साथै अरु थुप्रैं मानिस घाइते भएको अधिकारीहरुले जनाएका छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

विष्फोट ग्यास चुहिएका कारण भएको एक अधिकारीले इरानी सरकारी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

आगो नियन्त्रणमा लिन दमकलकर्मी र सुरक्षाकर्मीलाई निकै कठिन भएको जनाइएको छ । मारिनेमा धेरै महिला छन् ।