इरानमा १८० यात्रु बोकेर उडेको विमान दुर्घटना
इरानमा १८० यात्रु बोकेर उडेको विमान दुर्घटना
२३ पुस २०७६ काठमाडौँ : इरानमा १८० यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको हो । मृत्यु भएकाहरुको विवरण भने आउन बाकि रहेको इरानी टेलिभिजनले जनाएको छ ।
इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।
इरानी नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’
विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।
यता बोइङ जहाज पटक-पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ ।