चितवनको भरतपुरमा बम पड्कियो
चितवनको भरतपुरमा बम पड्कियो
१२ मंसिर २०७६ चितवन : चितवनको भरतपुर उपमहानगरपालिका–१६ मा आज विहान बम विस्फोट भएको छ । बम अज्ञात समुहले सडक छेउ खेतमा गराएको छ भने बिस्फोटमा कुनै क्षति भएको छैन।
फुर्तिचोकदेखि वडा कार्यालय जाने सडक खण्डको खेतमा सिलिण्डर बम विस्फोट भएको हो ।विस्फोटवाट कुनै मानबिय क्षति भने पुगेको छैन । विस्फोट भएको खेतमा टायरका टुक्रा र सिलिण्डरका टुक्राहरु भेटिएको चितवन प्रहरीले जनाएको छ ।
