Breakingराजनितीसमाचार

प्रधानमन्त्रीले सबै मन्त्रिहरुलाइ बालुवाटार बोलाए

प्रधानमन्त्रीले सबै मन्त्रिहरुलाइ बालुवाटार बोलाए

१७ असार २०७७ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले किन बालुवाटार बोलाए भन्ने आधिकारिक तथ्य बाहिर नआएको भएपनि राजनीतिक परामर्शका लागि हुनसक्ने अनुमान गरिएको गरिएको छ।

मंगलबार पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजिनामा मागिएको बताइएपनि प्रबक्ता श्रेष्ठले राजिनामा नमागिएको कोरा संचारकर्मीलाइ बताएका थिए।

तर शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेको कुरा बाहिरेपछी बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले सबै मन्त्रिहरुलाइ बिहान ८ बजे बालुवाटार बोलाएका छन् । ‘प्रधानमन्त्रीले छलफलका लागि भनेर बोलाएको एक मन्त्रीले जानकारी दिए ।