राजनितीसमाचार

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नेकपाको यस्तो घिनलाग्दो राजनीति

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नेकपाको यस्तो घिनलाग्दो राजनीति

२४ माघ २०७६ काठमाडौँ : जनताले बिश्वासका साथ् लगभग दुइतिहाइ बहुमत दिदै सरकारमा पुर्याएको पार्टी हो नेकपा। अर्थात् देश र जनताका लागि यस अघि कुनै पनि राजनीतिक दल र नेताले केहि पनि नगरेको देखेका जनताले यसपटक भने अलिक फरक गर्ने छाँटकाँट देखेपछि भोट दिएको पार्टी नेकपा। तर तिनै जनताको आड र भरोसामाथि तुसारापात हुने गरि गरिएका यस्ता घिनलाग्दा काम बहिरिंदा सबै राजनीतिक दलमा एक उखान चरितार्थ हुन्छ “जुन जोगी आएनि कानै चिरेको”।

अघिल्लो हरफ लेखिनु तो तात्पर्य किन हो भने बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बिषयमा स्थानीय सरकारले मन्त्रालयलाइ लेखेको चिठ्ठी। यहाँ स्थानीय धारण नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाइ एक चिठ्ठी लेखेको छ जसमा भनिएको छ उपकुलपति आफ्नै पार्टीका व्यक्ति हुनेपर्ने र अन्य पदाधिकारी पनि नेकपाकै भएमा प्रतिष्ठानको दिर्घकालिन नेतृत्व आफ्नो हातमा आउने उक्त चिठ्ठीमा उल्लेख गरिएको छ।

सामाजिक संजालमा भाइरल भैरहेको चिठ्ठी कसले के प्रयोजनका लागि बाहिर ल्याएको हो त्यसको यकिन विवरण भने आइसकेको छैन। तर यो चिठ्ठी बाहिरिए संगै जजसको नेतृत्व आए पनि आफ्नै कार्यकर्ता र भरौटे पाने प्रबित्ति नहटेको र यहाँ सिप र ग्यानको कुनै कदर नहुने बुझाइका साथ् जनतामा एक प्रकारको निरास आएको यस चिठ्ठीमा आएका कमेन्टमा देखेर बुज्न सकिन्छ।

यस्तो छ बाहिरिएको चिठ्ठी