समाचार

रुकुम घटना : मृतकका आफन्तद्वारा शवगृहमा आगजनी

रुकुम घटना : मृतकका आफन्तद्वारा शवगृहमा आगजनी

२ असार २०७७ जाजरकोट : अस्पतालबाट आएको पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती हत्याकाण्डका मृतकका आफन्तले जिल्ला अस्पतालमा तोडफोड गर्नुका साथै शवगृहमा आगजनी गरेका छन् । सो क्रममा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।

सोमबार मृतकका आफन्तहरूले अस्पताल पुगेर गेट तोडफोड गर्नुका साथै शवगृहमा आगो लगाएका थिए । घटना करिब दिउँसो ४:३० बजेतिर भएको हो।

मृतकका आफन्तले डाक्टरहरूले दबाबमा परेर पोस्टमार्टम रिपोर्ट कमजोर बनाएर पठाएको आरोप लगाएका छन्।

प्रहरीसँगको झडपमा पदमबहादुरसहित उनकी श्रीमती राधिका, सञ्जीव विककी आमा लक्ष्मी र अन्य ४ जना तथा प्रहरी निरीक्षक महेश आचार्य र एक जवान घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमै उपचार गरिएको छ ।