कोरोनाभाइरससमाचार

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

१ असार २०७७ काठमाडौं : नेपालमा सोमबार थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ ।

नेपालहाल सम्म १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका पाँच जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच, कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये सोमबारसम्म १०४१ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।