अन्तरास्ट्रिय

चिनियाँ र भारतीय सेनाबीच झडपमा ३ भारतीय सैनिकको मृत्यु

चिनियाँ र भारतीय सेनाबीच झडपमा ३ भारतीय सैनिकको मृत्यु

२ असार २०७७ नयाँदिल्ली : लामो समयदेखि बिबादित बनेको लद्दाखमा चिनिया र भारतीय सेना बीच झडप भएको छ। लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका छन् । झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडमा ढुंगामुढा प्रयोग गरिए पनि दुवै पक्षबाट गोली हानाहान भने भएको थिएन ।

भारतीय सेनाका उच्च अधिकारीका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन । उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको पनि भारतीय सेनालाई उद्धृत गर्दै इन्डिया टुडले लेखेको छ ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो ।

भारतले सीमारेखा(लाइन अफ् एक्चुअल कन्ट्रोल) पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।

छिमेकी राष्ट्र हरुसंग सुमधुर सम्बन्ध बिगार्दै लागेको भारतसंग लिम्पियाधुरा लिपुलेक र कालापानी को बिषयलाइ लिएर भारत र नेपालबीच पनि पछिल्लो समय सिमा बिबाद उत्कर्षमा पुगेको छ।